सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्री बोहरालाई पद मुक्त

काठमाडौं, १४ पुस । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पद मुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका स्रोतले जनाएको छ ।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको हो । ओली पक्षका मुख्यमन्त्री रहेका प्रदेश १ र बागमती प्रदेशमा उनीहरूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्