राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि ‘कु’ गरे: वरिष्ठ नेता पौडेल
काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि कु गरेको ताएका छन् ।
प्रधानमन्त्री र राष्ट्रपति संसद विघटन गर्दा देश संकटमा फसेको आरोप लगाउँदै उनले अहिलेको अवस्थामा चुनाव पनि नहुने र संसद पुनस्र्थापना पनि नहुने जिकिर गरे ।
तनहुँमा आज सरकारविरूद्ध प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै पौडेलले कांग्रेसले लोकतन्त्र र संविधान रक्षाका लागि लड्नुपर्ने बेला आएको बताए ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेको र संवैधानिक परिषद अध्यादेश ल्याएको पौडेलको जिकिर छ ।
‘आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउनलाई संवैधानिक परिषदको अध्यादेश प्रधानमन्त्री ओलीले ल्याएका छन्। यो नाटक र पपञ्च हो,’ उनले भने।
यस्ता संविधानविपरीत हुने अध्यादेश संसदबाट फिर्ता हुने भए पनि प्रधानमन्त्रीले संसद नै भंग गरिदिएको ले त्या संभावना टरेको उनको भानाई छ ।
‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिच्ने र लोकतन्त्र तथा संविधानमाथि नै प्रहार गरेका छन्,’ उनले भने, ‘संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था छैन।’
चुनावले मुलुकलाई आर्थिक भार थप्ने र अब मुलुकले चुनाव धान्न नसक्ने हुँदा पाँच वर्षका लागि जनताले म्यानडेट दिएको लाई मान्नु पर्ने उनको तर्कछ ।
प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरे पनि चुनाव नहुने उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्