संसद विघटन विरुद्ध देशैभरि काँग्रेसको प्रदर्शन
काठमाडौं , १३ पुस । संसद विघटका विरुद्धमा नेपाली काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गर्दैछ । काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको आयोजना गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको कदमलाई असंवैधानिक भन्दै काँग्रेस केन्द्रीय कार्यसमितिले विरोध प्रदर्शन गर्दै आएको छ ।
तर, काँग्रेसभित्र आन्दोलनमा जाने र नजाने पक्षबीच मतभेद छ । यसले पार्टीलाई दुइ कित्ता बनाएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा मध्यावधि चुनावमा गर्न नयाँ जनमत दिने पक्षमा छन् भने, वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाका लागि आन्दोलनमा जानुपर्ने पक्षमा उभिएका छन् । यसले पार्टीलाई दुई धार बनाएको हो । आज सोमबार काँग्रेसले देशै भरी प्रदर्शन गर्ने कार्यक्रम छ । यो प्रदर्शने काँग्रेसका कार्यकर्ता छ कती जुजारु र ससक्त छन् भेने देखाउने छ ।















प्रतिक्रिया दिनुहोस्