राष्ट्रपति भण्डारीले बोलाइन् पुस १७ गते राष्ट्रियसभाको अधिवेशन

काठमाडौं, पुस १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।

राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् । सरकारको सिफारिसमा भएको सो कदमको अहिले चौतर्फी आलोचना भएको छ भने सोही कारण सत्तारुढ नेकपा पनि विभाजित बनेको छ । यसरी नेकपाकपा विभाजित भएपछि दुई समुह बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्