अविश्वासको प्रस्तावको सामना गर्छु : मुख्यमन्त्री राई
काठमाडौं, पुस १२ । नेकपा विभाजित भएपछि यसको असर केन्द्रम मात्रै नभएर अब प्रदेशतिर पनि देखिन थालेको छ । केहि प्रदेशका मुख्यमन्त्री विरुद्ध यतिबेला प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्न सम्म पुगेका छन् ।
यता प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपा का प्रचण्ड नेपाल समुहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
यसरी नेकपा भित्र उत्पन्न राजनीति अस्थिरताको सिकार भएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेशसभामा आफु विरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् ।
उनले संघीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रुपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने दावी गरे ।
‘राईले भनेका छन् प्रदेश सरकार असक्षम भएर नभई सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र संघीयतालाई संस्थागत हुन नदिन निर्देशित ढंगबाट अविश्वास प्रस्ताव आएको हुनाले यसको सामना म आरामले गर्ने छु ’















प्रतिक्रिया दिनुहोस्