अबको तीन महिनाभित्र कोरोनाविरुद्धको खोप नेपालमा आइपुग्ने
काठमाडौं , पुस १२ । कोरोनाविरुद्धको खोप अबको ३ महिना भित्र नेपालमा आउन सक्ने सम्भावना देखिएको छ ।
आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनले सन्देश पठाएको हो ।
खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले नेपाल सरकारलाई जानकारी गराएको हो । उक्त जानकारीपछि न्यूनतम ३ प्रतिशत जनसंख्याका लागि आउने खोपको भण्डारण, ओसारपसारलगायत प्रक्रियाको सरकारले थालनी गरेको छ ।
कोभाक्ससँग खोप सुनिश्चितताका लागि निरन्तर सूचना आदानप्रदान भइरहेको डा। गौतमले बताए । गाभीको सूचनापछि मन्त्रालयले गाइडलाइन, कोल्डचेन, खोप केन्द्र, तालिम, सूचना सम्प्रेषण, खोप लगाउनेको प्राथमिकतालगायतका विषयमा पनि तयारी थालेको छ ।
यति बेला नेपालमा कोरोनाका संक्रमित घटीरहेका छन् तर मृत्यदर भने बढिरहेको छ । खोप समयमा आए त केहि आसा भने हुनथ्यो । कोरोनाले गाउँ समाज सबै यति बेला विश्व नै त्रासमा छ ।
प्रतिक्रिया दिनुहोस्