चुनावको घोषणापछि मन्त्री नियुक्त गर्नै मिल्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, पुस १२ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न नमिल्ने औंल्याएका छन् ।

जनता समाज पार्टी (जसपा) का अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले एकातिर संसद विघटन गरेर चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए।

उनले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसदसमेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको समेत बताए ।

आफ्नो पालमा १२ वटा मन्त्रालय खाली रहेको तर आफुले मन्त्री नियुक्त नगरेको उनले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको समेत आरोप

प्रतिक्रिया दिनुहोस्