संसद विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन, कदम तत्काल फिर्ता हुनुपर्ने माग (हेर्नुहोस् तस्बिर)

काठमाडौं , पुस १२ । संसद विघटनविरुद्ध यति बेला देशमा आन्दोल चर्किएको छ । सरकारविरुद्ध विभिन्न दलहरु सडकमा आएका छन् । सच्याउनु पर्ने माग गर्दै शिर्ष नेताहरु नै सडकमा आएका हुन् ।

यसैबीच संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)नेपालले आज काठमाडौंमा विसाल विरोध प्रदर्शन गरेको छ ।

जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ ।  संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।

जसपाले सरकारले गरेको असंवैधानिक कदम तत्काल फिर्ता हुनुपर्ने मागसमेत गरेको छ ।प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरुले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेका थिए ।

यसैगरि निकै ठुलो प्रर्दशनको तयारीमा प्रचण्ड- नेपाल समुह र नेपाली कांग्रेस पनि तायारीमा जुटेको छ । विभिन्न ठाउँमा प्रदर्शन गर्ने तयारी भइरहेको उनीहरुले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्