मन्त्री ढकाल भन्छन्-इमानलाई बन्धक राखेर अतिरिक्त पैसा आर्जन गर्ने उद्देश्य छैन

काठमाडौं , पुस १द्द२ । पहिले स्वास्थ्य मन्त्री बनेका ढकाललाई हालै पर्यटन मन्त्रीको जिम्मा दिइएको छ । यसैबीच नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य आफुले नराखेको बताएका छन् ।

आइतबार कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । सेवामा समर्पित हुँदै सुनाम कमाउने मात्रै उद्देश्य राखेको उनले ताए ।

मन्त्री ढकालले भने, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैन । जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’ मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गर्ने कुरामा आफूले सधैं ध्यान दिने पनि बताए ।

उनले पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदनामीहरुले राम्रो नगरेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्