कञ्चनपुरको नेकपा पार्टी कार्यालयमा ओली, नेपाल-प्रचण्ड पक्षबीच झडप

काठमाडौं , पुस १२ । कञ्चनपुरस्थित नेकपा पार्टी कार्यालयमा झडप भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल- पुष्पकमल दाहाल प्रचण्ड पक्षबीच झडप भएको हो ।

कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी चलिरहेको थियो ।

नेता भीम रावल पनि उपस्थित हुँदै थिए । ओली पक्षका नेतारकार्यकर्ताले कार्यक्रम रोक्न खोज्दै तालाबन्दी गरेपछि झडपको स्थिति सिर्जना भएको हो । अहिले ठुलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले सर्वत्र नेकपा दुई समूहमा विभाजन भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्