शाकाहारी र स्वस्थ जिवनशैली
काठमाडौँ, ११ पुस । शाकाहारी तथा वनस्पतिजन्य खानेकुराको प्रर्वद्धन गर्ने उद्देश्यले काठमाडौँमा शनिबार ‘शाकाहारी महोत्सव’ आयोजना गरिएको छ ।
पशु कल्याणकारी संस्था स्नेहाज केयरले हात्तीसरस्थित नेपाल हाउसमा गरेको कार्यक्रममा बारा, आलु, भटमास, फलफूल, जुसलगायत १५ वटा शाकाहारी खानाका कक्ष तथा पशु उपचार सम्बन्धी सामग्रीका कक्ष राखिएका छन् । बोधी गार्डेन, जुस मण्डलालगायत संस्थाको समन्वयमा विभिन्न किसिमका भिगान खानेकुराहरुका स्टल छन् ।
शाकाहारी जिवनशैली, स्वास्थ्य तथा पशु कल्याण सम्बन्धमा विज्ञहरुसँग गरिएको अन्तर्रक्रियामा पशु कल्याणका क्षेत्रमा क्रियाशील अधिकारकर्मी स्नेहा श्रेष्ठ, बौद्ध गुरु आङ फुरी शेर्पा, सुरेश आचार्यलगायतले स्वस्थ जिवनशैली विकास गर्न दुग्धजन्य पदार्थ भएका विशुद्ध शाकाहारी खानेकुराको महत्व रहेकाले त्यसलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
शाकाहारी खानेकुरामा पनि मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने पौष्टिक तत्व समावेश भएको हुन्छ र त्यस्ता खानेकुराको सेवनले पशु कल्याणका साथसाथै मानव स्वास्थ्य र प्रकृतिको समेत संरक्षण हुने आयोजक सस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताउनुभयो । महोत्सवले सर्वसाधारणको खाने र बाँच्ने तरिकामा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउने र पशु कल्याण प्रर्वद्धन हुने विश्वास राखिएको छ ।
शाकाहारी खानेकुराको प्रर्वद्धनका लागि आयोजक सस्थाले निःशुल्क ?पमा विभिन्न खानेकुरा वितरण गरेको छ । सो अवसरमा ‘द इन्भेजिवल भेगन’ नामक वृत्तचित्र प्रदर्शन गरिएको
छ ।















प्रतिक्रिया दिनुहोस्