नेपाल आइपुग्यो चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल

काठमाडौं , पुस १२ । चिनियाँ कम्यूनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । सत्तारुढ नेकपाभित्र देखिएको आन्तरिक संकटको अवस्था बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल नेपाल आइपुगेको बुझीएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वको टोली केही समयअघि एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हो ।

चार सदस्यीय चिनियाँ टोलीले प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गर्नेछ ।
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग सोमबार बिहान ९ र ११ बजे भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा फुटेको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्