एमसीसी सम्झौता नेपालको पक्षमा छ , सच्याएर भए पनि लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् ।
आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले यस्तो बताएका हुन् । साथै उनले एमसीसी कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गरे ।
पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले पास गर्नुपर्ने बताए ।पत्रकारहरूसँग कुरा गर्दै उनले कुनै पनि वैदेशिक लगानी अस्वीकृत गर्न नहुनेमा जोड दिए ।
एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने रायमाझीको भनाइ छ । एमसीसी लागू नगरे भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पुर्याउने उनले बताए ।
मन्त्री रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन आफूले मन्त्री पद स्वीकार गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्