संसद विघटन गरेर ओलीले जनताको अधिकारलाई कुठराघात गरे: सुरेन्द्र पाण्डेले
काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संसद विघटन गरेर जनताको अधिकारलाई कुठराघात गरेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा धादिङ्ग काठमाठौले आयोजनमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । जनताले बहुमत दिएर जिताएको सरकारले संसद विघठन गरेर कुचिष्टा गरेको ओरोप लगाए ।
नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका नेता पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा नबन्न चेतावनी दिए। उनले संसद पुनर्स्थापना हुनैपर्ने दाबी गर्दै नयाँ राजा बन्ने प्रयास नगर्न ओलीलाई चेतावनी दिएका हुन् ।
‘ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्टा नगर्नुहोला’, उनले भने, ‘खबरदार, तपाईँ यो बाटोमा हिँड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जानेवाला छैन।’
साथै उनले चाटिएर जानेले चुनाव चिन्ह सुर्य नपाउने बताएका छन् । संविधान कानुन हेरेर निर्णय गर्न सर्वोच्च अदाल र निर्वाचन आयोगलाई आग्रह गरे । वर्तमान राजनीति अवस्थामा प्रतिकान्तिकारीहरु सलबलाएकोले यसमा सबै कम्युनिस्ट एक भएर लाग्न लाग्नु पर्ने बताए ।
यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीकीसदस्य कल्पना धमलाले कम्युनिस्ट आन्दोलन उपलब्धिहरुलाई अहिलेको अवस्थाले गुमाएको बताईन् । यो अवस्था गुमाएकाले अब नयाँ ढंगबाट नेपाल कम्युनिस्ट पार्टीलाई अगाडि बढाउनु पर्नेमा उनले जोड दिईन् ।साथै उनले यसका लागि सबै एक हुन पर्ने बताइन् । पार्टी एकता टुंगो नलगाउँदै पार्टी विभाजन हुनुमा ओली नै दाषि आरोप भएको उनको भनाइ रहेको थियो ।
यस्तै कार्यममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका नेता नाराणय प्रसाद दाहाले केहि नेताको अहंकारले गर्दा अहिले पार्टीले हैसित गुमाएको बताएका छन् । आन्दोलन समाप्त पार्न केहि गुटहरु लागेको बताउँदै जनवर्गीय संङघर्षलाई मजबुत बनाउन आवश्यक रहेको बताए ।
संसद विघटन विरुघ जनता समक्ष खबरदारि गर्न आवश्यक रहेकोउनले औंल्याए । १४ गतेको आन्दोनलनलाई शसक्त बनाउन ५० हजार सडकमा आउन पनि दाहाले आग्रह गरे । कार्यक्रम मन्चका अध्यक्ष विनोद बाबु रिमाल अध्यता सम्पन भएको थियो ।
पछिल्लो समय संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। यति बेला प्रचण्ड–नेपाल समूह र ओली समुहको छुटै भेला भइरहेका छन् । यसले गर्दा नेपालको रानीतिमा तरंग छाएको छ । नेकपा विभाजित भएपछि अहिले प्रचण्ड–नेपाल समूह आन्दोलनमा होमीएको छ । ओलीविरुद्ध आन्दोलनका कार्यक्रम घोणषा गरेको छ । १४ गते देशभर ओलीविरुद्ध आन्दोलन चर्काउने भएको छ ।
,
















प्रतिक्रिया दिनुहोस्