फेरि उखु किसान माइतीघर मण्डलामा
काठमाडौं , पुस ११ । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् । शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् ।
सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर, एक वर्षसम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्ष पनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।
चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्