आफ्नो समूहमा आउन वामदेवलाई प्रचण्डको आग्रह , गौतमाको जवाफ- म पार्टी एकीकरणको पक्षमा छु

काठमाडौं , पुस ११ । नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएर आ–आफ्नै पार्टी कमिटी गठन गरे पनि वामदेव भने अहिलेसम्म कुनै पनि समूहमा छैनन् ।

तर प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच आज भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटमा वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरेका छन् ।

वामदेवले भने आफू नेकपा एकीकरणको पक्षमा रहेको बताएका छन् । उनले आफू नेकपा एकीकरणको प्रयासमा रहेको बताएका वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

उपाध्यक्ष वामदेव गौतमले आफू तत्काल कुनै पनि समूहमा नलाग्ने प्रस्ट पारेका छन्। यसअघि मंगलबार बिहान नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ आफ्नो पक्षमा लाग्न आग्रह गर्दै उनकै निवास भैंसेपार्टी पुगेका थिए।

त्यतिबेला पनि उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेका बताउँदै दुईरचार दिन सोच्ने समय दिन आग्रह गरेका थिए। त्यसको पाँच दिनपछि प्रचण्डसँगको भेटमा पनि उपाध्यक्ष गौतमले आफ्नो पुरानो अडान दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्