प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवको छलफल, यस्तो भयो कुराकानी

काठमाडौँ, पुस ११ । खुमलटारमा प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवले छलफल गरेका छन् । उपाध्यक्ष गौतम नेकपाको प्रचण्ड–नेपाल समूहसँग छलफल गरेर फर्किएका छन् ।

उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। प्रचण्ड निवास खुमलटारमा बिहान पुगेका उपाध्यक्ष गौतम ४५ मिनेटर बसेर छलफल गरेर फर्किएका थिए ।

प्रचण्ड–गौतमबीच पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।

गौतम खुमलटार पुग्दा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ पनि प्रचण्डसँगै छलफलमा थिए ।

प्रतिक्रिया दिनुहोस्