प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्री नियुक्त, आजै सपथ

काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्। यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले आज थप ६ जनालाई मन्त्री पदको जिम्मेवारी दिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए।

नवनियुक्त मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, दावा लामा, गौरिशंकर चौधरी रहेका छन्।जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्