काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित

काठमाडौं, पुस १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११५ महिला र १६४ पुरुष गरी २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ लाख १९ हजार ६२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित थपिएका हुन ।

प्रतिक्रिया दिनुहोस्