ओली समूहका ऐन महरलाई अनेरास्ववियुको संयोजकबाट हटाइयो

काठमाडौं, पुस १० । नेकपाको प्रचण्ड–नेपाल समूहका सहसंयोजक रञ्जित तामाङले केपी शर्मा ओली समूहको अनेरास्ववियुका संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएका छन् ।

अनेरास्ववियूका सह–संयोजक तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको जानकारी दिएका हुन् ।

‘अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रीय कमिटीसमक्ष सिफारिस गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो चरणमा महरले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदममा बहुमत सदस्य निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत उभिएको विज्ञप्तिमा उल्लेख छ । नेकपा विभाजनसँगै एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने सिलसिला चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्