डिभिजन टूः तेस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै

काठमाडौं– नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तेस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो १ः३० बजेपछि नामिबियाको विण्डहकमा रहेको युनाइटेड मैदानमा सुरु हुनेछ ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै एक दिवसीय विश्वकप क्रिकेट छनौटमा पुग्न दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ । नेपाल र युएईले २–२ खेल खेलिसकेका छन् जसमा १ जित र १ हारको नतिजा निकालेका छन् ।

नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने युएईले केन्यालाई पराजित गरेको थियो । तर दोस्रो खेलमा नेपाल ओमानसँग तथा युएई क्यानडासँग पराजित भयो । दुवै खेल जितेको क्यानडा ४ अंकका साथ ६ टिम सम्मिलित प्रतियोगाको शीर्ष स्थानमा छ ।

नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्