ओली संघीयता र गणतन्त्रविरोधी हुन्ः माधव नेपाल

काठमाडौं, पुस, १० । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रविरोधी भएको बताएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

साथै उले ओलीलाई गणतन्त्र र संघीयताप्रति कुनै मोह नभएको आरोप समेत लगाए । नेता नेपालले अहिले ओली नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने अभ्यासमा जुटेको बताए ।

नेता नेपालले नेकपा आफूहरुको हुने बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले निर्वाचन चिन्ह ‘सूर्य’ सहित पार्टीको नाम, झण्डा दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्