पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन हुन्छ : योगेश भट्टराई
काठमाडौँ, पुस १० । संसद विघटनविरुद्ध यति बेला ओली सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । विभिन्न राजनीतिकदलहरु पर्दशनको तयारीमा रहेका छन्। यता प्रचण्ड–नेपाल समुहले पनि हिजो मात्रै प्रर्दश्नको घोषणा गरेको छ भने कांग्रेसले पनि आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ ।
यसैबीच प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आगामी पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने बताएका छन्। उनले १४ गतेको विशाल प्रदर्शनका लागि तयारी अवस्थामा रहन पनि आह्वान गरेका छन् ।
प्रचण्ड–नेपाल पक्षका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग जानुअघि आयोग बाहिर जम्मा भएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै अब काठमाडौँमा ठूलो प्रदर्शन हुने उनले बताएका हुन् ।
संसद पुनर्स्थापना नहुँदासम्म र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने उनले दाबि गरे ।
सार्थै उनले प्रतिनिधि सभा पुनर्स्थापना भएर अब छिट्टै नै प्रधानमन्त्री आफ्नो हुने बताए । । अब आन्दोलन देशव्यापी अगाडि बढ्ने र पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन गरिने बताउँदै उनले ७७ जिल्लामा नै प्रदर्शन हुने बताए ।















प्रतिक्रिया दिनुहोस्