पार्टीको नाम र सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल
काठमाडौं , पुस १० । नेकपा प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् ।
निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुसहित नेपाल निर्वाचन आयोगमा पुगेका थिए ।
२९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर र नेताहरुसहित निर्वाचन आयोग पुगेर अध्यक्ष नेपालले संविधान र कानूनका आधारमा आफूले वैधानिकता पाउने पनि विश्वास रहेको बताए ।
माइतीघर मण्डलाबाट र्यालीसहित आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई वैधानिकता दावी गर्दै गरिएको हस्ताक्षर बुझाइएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्