वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं, पुस १० । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित सरकारप्रति विश्वास नरहेको भनी ४५ जना सांसदले शुक्रबार बिहान सो प्रस्ताव दर्ता गरेका हुन्।

आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए ।

उनका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । त्यस्तै तीन मन्त्रीले राजीनामा पनि दिएका छन् ।

राजीनामा दिने तीन मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्