प्रतिनिधिसभा विघटनविरुद्ध सुनुवाई आज, सबैको नजर सर्वोच्चतीर
काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ मुद्दाको सुनुवाइका आज हुँदैछ ।
सुनुवाईका लागि संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई तोकिएका छ ।
न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् । इजलास तोकिएसँगै आजै प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ हुने छ ।
यसअघि बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अरू पनि भएकाले संवैधानिक इजलासमा हेर्ने भन्दै अन्तरिम आदेश अस्विकार गरेका थिए ।
बुधबार रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी लगायतले बहस गरेका थिए ।
बहसपछि प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मात्रै भएकाले त्यसबारेको ब्याख्या संवैधानिक इजलासले गर्ने बताएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई नेकपाको दाहाल(नेपाल समूहका सांसदको एउटा संयुक्तसहित १३ वटा रिट दायर भएका छन् ।
रिट निवेदकहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएरगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न निवेदनमा माग गरिएको छ ।
यतिखेर सबेको ध्यान सर्वोच्च अदालतमा छ । सर्वोच्चको फैसलाले नै सरकारी निर्णयलाई वैधानिकता प्रदान गर्ने भएकाले यो नै अत्मि निकास हो ।
आजको बहसपछि सर्वोच्चले अन्तरिम आदेश वा कारणदेखाउ आदेश पनि दिन सक्ने जानकारहरू बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्