नेकपा(प्रचण्ड–माधव)को नेपाल समूहको माइतीघरबाट प्रदर्शन
काठमाडौं, १० पुस । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट प्रदर्शन सहित आन्दोलन सुरु गरेको छ ।
नेताहरुले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरु मण्डलामा प्रदर्शनमा सहभागी भएकाछन्। सकडको विच भागमा बस्दै उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।
नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाले जनाएकोछ ।
आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड(माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।
आज दुनियाँलाई नेकपाको आधिकारिकता देखाउनका लागि सडकमा आएका हौं स् भुसाल
निवर्तमान मन्त्री घनश्याम भुसालले संसद पुनस्र्थापना भएन भने संविधानले काम गर्न छाड्ने र मुलुक अस्थिरतातर्फ फस्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कृषि मन्त्रीबाट राजीनामा दिएका भुसाल शुक्रबार माइतीघर मण्डलामा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बने । भुसालसँगै अर्का निवर्तमान मन्त्री योगेश भट्टराई पनि माइतीघरमा उपस्थित भए ।
माइतीघरमा भेलाएका बरिष्ठ नेता–कार्यकर्ताहरु अब निर्वाचन आयोगतर्फ जाने भुसालले बताए । नेकपामा आफूहरु ९ प्रचण्ड–माधव समूह० नै आधिकारिक रहेको प्रमाणित गर्न र दुनियाँलाई सन्देश दिन निर्वाचन आयोगमा जान लागेको भुसालले बताए । साथै आजै सांसद अदालत जाने कार्यक्रम रहेको पनि भुसालले बताए ।




प्रतिक्रिया दिनुहोस्