प्रचण्ड–नेपाल समूहको दाबि : नेकपाको मूल धार र मूल शक्ति हामी हौँ, अरुले दावी नगरे हुन्छ
काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको मुलधार र कुल शक्ति आफुहरु नै रहेको दाबि गरेको छ ।
समुहका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको मूल धार र मूल शक्ति आफूहरु नै भएको दाबि गरेका हुन् ।
बिहीबार बल्खुमा पुगेर मदन भण्डारीको सालिकमा माल्यापर्ण गरेपछि उनले यस्तो दाबि गरेका हुन्।‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको मूल धार हामी हौँ, मूल शक्ति हामी हौँ’, नेपालले भने, ‘अरु कसैले दावा नगर्दा हुन्छ।’
अहिले सिंगो राष्ट्र नै अनिश्चयको भूमरीमा परेको, ठूलो त्याग तपस्या र बलिदानबाट ल्याएको संविधान, जनताबाट निर्वाचित जनप्रतिनिधिलाई कुल्चने काम भएको बताउँदै प्रतिनिधिसभालाई विघटन गर्ने कदम प्रधानमन्त्री ओलीबाट चालिएको बताए । साथै उनले त्यो कदम आफूहरुले अस्वीकार गर्ने बताएका छन् ।
आम नेपाली जनतालाई, लोकतन्त्रका हिमायतीलाई प्रतिनिधिसभा विघटनका विरुद्ध लड्न आग्रहसमेत गरे।नेकपाका केन्द्रीय समितिका ७० प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति आफूहरुसँग रहेको उनको दावी थियो।
उनले कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी, लोकतन्त्र अगाडि बढ्ने भन्दै लोकतन्त्र, गणतन्त्र, संघीयतालाई कसैले समाप्त पार्न नसक्ने ठोकुवा समेत गरे ।
















प्रतिक्रिया दिनुहोस्