ज्यामरुङ्ग (जुडी) खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न, नयाँ उपभोक्ता समिति गठन
काठमाडौं, पुस २ । धादिङ्ग, नीलकण्ठ नगरपालिका–११ स्थित ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निमार्ण कार्य सम्पन्न भएको छ । साथै नयाँ उपभोक्ता समिति समेत गठन भएको छ ।
पर्यावरण संरक्षण मञ्च, नेपाल (इपिएफ) र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति(फन्ट बोर्ड नेपाल)को संयुक्त आयोजनामा करिब रु.७६ लाख रुपैयाँको लागतमा उक्त खानेपानी आयोेजना सम्पन्न भएको पर्यावरण संरक्षण मञ्च, नेपाल (इपिएफ)ेका अध्यक्ष राकेश धमलाले जानकारी दिए । उक्त आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको उनले बताए ।
पानीको मुलस्रोतमा २ वटा विशाल ट्यांकी निर्माण गरि संकलित पानी करिब २ किलोमिटर माथि उचाइमा तानी संकलीत पानी स्थानीयलाई वितरण गरिएको उहाँले जानकारी दिए ।
पर्यावरण संरक्षण नेपालका अध्यक्ष राकेश धमला, फन्ट बोर्डका रमेश धमला र नीकण्ठ नगरपालिका–११ वडा, उपभोक्ता समितिका अध्यक्ष दिपक धमलाको नेतृत्व तथा स्थानीयको सहयोगमा आयोजना निमार्ण कार्य सम्पन्न भएको हो । उक्त खानेपानी आयोजानाबाट १ सय ९८ घरधुरीका उपभोक्ता लाभान्दित हुने छन् । पुर्वमन्त्री कल्पना धमलाले सुरुवाती गर्नु भएको यो आयोजना करिब ५ वर्षमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा विषेश अतिथि समेत रहेका पुर्वमन्त्री धमलाले आयोजना सम्पन्न भएकोले व्यवस्थापनका निम्ति उपभोक्ता समिति र स्थानीय जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो । उहाँले आफु जन्मेको ठाउँको विकासका निमित्त जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिवद्धता जानाउँदै यो आयोजनाबाट वितरित पानी जनतालाई सहुलीयतदरमा खुवाउन र सरकारबाट गर्नु पर्ने पहलका निम्ति आफु सधैं तत्पर रहेको बताउनुभयो ।
उहाँले ज्यामरुङ्गलाई नमुना वस्ती र पर्यटकीयस्थल बनाउन पर्यटन व्यवसायी, विज्ञ र सरकारसँग छलफल र पहल गर्ने खुलासा गर्नुभयो । विकासको मेरुडण्ड भनेकै सडक भएकाले सडक विकासलाई प्राथमीकता दिनुपर्ने उहाँको तर्कछ ।
कार्यक्रमका प्रमुख अतिथि रमेश धमलाले ज्यामरुङ्गमा खानेपानीको आवश्यकता महशुस गरेर आयोजना सम्पन्न गरेको बताउनुभयो । यसलाई सहि सदुपयोग गरेर कुनै राजनीतिक विचारधारा नराखी बाँकी रहेको आयोजनालाई अगाडि बढाउन आग्रह गर्नुभयो । उपभोक्ताले पिउने पानीमा राजनीतिक नगर्न सबै तह र तप्काका व्यक्तिहरुलाई सुझाव दिनुभयो । उहाँले स्थानीयहरुको सहयोगमा आयोजना सम्पन्न भएकोमा धन्यवाद समेत व्यक्त गरे ।
यसैबीच कार्यक्रममा नीलकण्ठ नगरपालिका, ११ का अध्यक्ष तिलक बहादुर थापामगरले वाडाको विकासकासक्दो सहयोग गर्दै आएको र केहि आयोजना सम्पन्न गर्दा परेका आर्थिक संकटलाई वार्डाल पनि बजेट समेत विनियोजन गरेको जनाकारी दिए । उहाँले जुडि खानेपानी आयोजनालाई आर्थिक संकट परी प्रभावित भएकाले रु.२ लाख ५० हजार सहयोग गरेको बताए । साथै आगामी दिनमा पनि आवश्यकता परेको खण्डमा वडाले आर्थिक सहयोगका लागि बजेट विनियोज गर्ने प्रतिवद्धता वयक्त गरे ।
अध्यक्ष मगरले चाँपभज्याङ्–स्याउलीको सडकको स्तोरउन्नती तथा विकासका लागि रु.३० लाख बजेट छुट्याएको जानकारी दिंदै यहि आर्थिक वषर्मा यो कार्य छिटै अगाडि बढ्ने जनाकारी दिए । सामाजिक सुरक्षा भत्तामा ढिलाई भएको यसका लागि आफुले पहल गरेको र अब छिटै वितरण गरिने पनि बताए ।
नयाँ उपभोक्ता समिति गठन
ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनामा इश्वरी बहादुर लम्सालको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन भएको छ ।
दिपक धमला अध्यक्ष रहेको समितिले ५ वर्षे कार्यकाल पुरा गरि आयोजना सम्पन्न भएपश्चात लम्साल नेतृत्वको समितिलाई कार्यभार हस्तान्त्रण गरिएको हो ।
यस्तै समितिमा वरिष्ठ उपाध्यक्षमा ओम प्रसाद धमला, उपाध्यक्षमा गौरी शंकर धमला र सचिवमा भूमीनन्द धमला, सदस्यहरुमा दीपक आचार्यलगायत १३ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
कार्यक्रम समितिका सचिव चन्द्रबहादुर लम्साललले सञ्चालन गर्नुभएको थियो । सोहि कार्यक्रममा आर्थिक आय –व्ययको सार्वजनकि सुनुवाई गरिनुकासाथै आयोजना सम्पन्न गर्न विशेष योगदान गर्ने व्यतित्वहरुलाई सम्मान समेत गरिएको थियो


















प्रतिक्रिया दिनुहोस्