राजदूत खतिवडाले लिए शपथ

काठमाडौं , पुस ९ । संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत नियुक्त डा। युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्