एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाडौंं , पुस ९ । एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालन समितिको बैठकले श्रेष्ठलाई चार वर्षे कार्यकालमा लागि नियुक्ति गरेको हो । उनले माघ १ गतेदेखि एसियन लाइफको प्रमुखको रुपमा कार्यभार सम्हाल्दैछन् ।

श्रेष्ठ यसअघि गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

बीमा समितिले स्विकृती दिएसँगै कम्पनीले श्रेष्ठलाई पुष ८ गते सीईओ नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्