ओलीको असिंवैधानिक कदम सच्याउनका लागि जुनसुकै हदमा जान पनि तयार छु : प्रचण्ड

काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको असिंवैधानिक कदम सच्याउनका लागि जुनसुकै हदमा जान पनि तयार रहेको बताएका छन् ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा भएको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको डिजाइन चुनाव नगर्ने भएको बताउँदै संसद ब्युँताउनुको विकल्प नभएको बताए।

साथै उनले कम्युनिस्ट पार्टी फुट्दैमा आफ्नो जित भएको भन्ने सोचेर नबस्न कांग्रेसलाई अनुरोध समे गरेका छन्।अध्यक्ष प्रचण्डले संसद विघटनले गलत नजिर बसाल्ने बताए।  उनले शान्ति प्रक्रियामा जस्तै मिलेर सहकार्य गर्न कांग्रेस जनता समाजवादी पार्टी (जसपा)लाई आग्रह समेत गरे। ‘

अध्यक्ष प्रचण्डले प्रदेशका इन्चार्ज र अन्य नेताहरूलाई प्रतिक्रान्तिलाई रोकेर क्रान्तिको उपलब्धि जोगाउने कार्यमा लाग्न निर्देशन दिए। ‘प्रतिक्रान्तिलाई रोक्नु छ, त्यसका लागि त्याग गर्न आवश्यक छ । ’ उनले भने ।

उनले पार्टीमा गलत प्रवृत्तिविरुद्ध भन्डाफोर गरेर ठीक गरेको दावी समेत गरे। अध्यक्ष प्रचण्डले एकतको साढे दुई वर्ष तीता मीठा अपमान सबै भोगको बताए।

 

प्रतिक्रिया दिनुहोस्