आफूले राष्ट्रवादी अडान लिँदा पदबाट हटाउन खोजियो: प्रधानमन्त्री ओली

काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटका बेला आफूले राष्ट्रवादी अडान लिँदा पदबाट हटाउन खोजिएको दाबी गरेका छन्।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि आफूले राष्ट्रका पक्षमा उभिएकै कारण हटाइएको र अहिले पनि त्यस्तै कारण आफूलाई हटाउन खोजेको उनले बताए । ओलीले आफू पक्षको नेकपा केन्द्रीय सदस्यहरुको बैठकलाई बिहीबार बालुवाटारमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘नाकाबन्दीको बेला पनि राष्ट्रका पक्षमा लिएको अडानका कारण हटाउन खोजियो, अहिले नक्सा जारी गर्दा हटाउन खोजियो,’ ।उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई महत्वाकांक्षी नेताका कारण अहिले पार्टीमा समस्या आएको आरोप लगाए।

एकजना १५ वर्ष र अर्को नेता ३३ वर्ष पार्टीको नेतृत्वमा रहँदा पनि अझै नपुगेर आफूलाई हटाएर फेरि पार्टी नेतृत्व कब्जा गर्न चाहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्