नेकपाबाट एउटा गुट अलग, चुनावले प्रतिगमनकारीहरूलाई परास्त गर्छ: गृहमन्त्री थापा
काठमाडौं, ९ पुस । गृह मन्त्री रामबहादुर थापा (बादल)ले नेकपाबाट एउटा गुट अलग भएको र प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका बताएका छन् ।
उनले संसद विघटनस नेकपामा फुट आँउँदा जनतना दुखित भएको कुरा समेत औल्याएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटाको बैठकमा बोल्दै मन्त्री थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको जिकिर गरे । उनले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रचण्ड – माधव समुहलाई इन्कित गर्दै नेकपाका नेता समेत रहेका पाथाले क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ आरोप लगायँदै दुश्मनको जालमा परेको बताए ।
नकपाले राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले ‘दृढतापूर्वक अघि बढाउने छ उनले भने, ‘कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ लिन म यहाँ उपस्थित भएको छु । ’
हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं, भने थपे ।

तस्विर: प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट















प्रतिक्रिया दिनुहोस्