प्रचण्ड-नेपाल समूहले गठन गर्यो आन्दोलन परिचालन समिति, १४ गते देशव्यापी प्रदर्शन गर्ने घोषणा
काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ ।
बिहीबार बबरमहलस्थित कार्की व्याङक्वेटमा बसेको केन्द्रीय कमिटीको बैठकले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।उक्त समूहले नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ।
आन्दोलन परिचालनका लागि सोही समितिबाट सानो सचविालय गठन हुने बताइएको छ । यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ ।
बिहीबार (आज) भएको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार (भोलि) बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।
नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो पक्षमा रहेकाले आफ्नो पक्षका निर्णयलाई वैधता दिन निर्वाचन आयोग जाने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका एक नेताले बताए ।
संसद् विघटनको विरुद्ध विभिन्न राजनीतिकदलले आन्दोल तथा प्रदर्शन गरिरहेका छन् । आज मात्रै नेपाली कांग्रेसले पनि आन्दान तथा प्रदर्शनको घोषणा गरेको छ ।















प्रतिक्रिया दिनुहोस्