प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदै
काठमाडौं , पुस ९ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।
बिहीबारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रबार सारिएको बिक्री प्रबन्धकले बताएको छ । आईपीओ प्रि अलोटमेण्ट भने बुधबारनै भएको थियो ।
कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यो आईपीओले आबेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ ।
बिक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो । हाल कम्पनीमा संस्थापक तर्फको मात्र रू। १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू। २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्