जसपाले सभामुखलाई भेटेर भन्यो – संसद जीवित छ, बैठक बोलाउनुस्

काठमाडौं , पुस ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले सभामुख अग्‍निप्रसाद सापकोटालाई भेटेका छन् ।

भेटमा सापकोटालाई प्रतिनिधिसभा बैठक आह्‍वान गर्न आग्रह गरेका छन् । सिंहदबारस्थित उनकै कार्यकक्षमा भेट गर्दै जसपाले यस्तो उनलाई आग्रह गरेको हो । नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सभामुखलाई भेट्न सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित जसपाले बैठक आह्‌वान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्