अन्तत: ओली कित्तामा उभिए बादल,गौतम कता ?
काठमाडौं , पुस ९ । यति बेला नेकपा पार्टी विभाजित भएको छ । पार्टी विभाजित भएपछि दुबै समुहले छुटाछुछै भेला गरिरहेका छन् ।
यता कतै नखुलेका गृहमन्त्री रामबहादुर थापा बादल भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भएका छन् । ओलीको समुहमा उनी जजिकिएको कुरा बाहिर आएको छ । आफूलाई साथ दिन प्रचण्डले बादललाई पटक-पटक आग्रह गरेका थिए । तर, बादल मौन बस्दै आएका थिए ।
बुधबार भने गृहमन्त्री बादलले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । उक्त छलफलमा गृहमन्त्री बादलले ओलीलाई साथ दिने वचन दिएको बालुवाटार निकट स्रोतले जनाएको छ ।यसपछि भने बादल ओली समुहमा जाने कुरा बाहिर आएको हो ।
‘उहाँ ९बादल० पार्टी विभाजनको पक्षमा हुनुहुन्न थियो, सकेसम्म पार्टी एकतालाई जोगाउन सकियोस भनेर उहाँले तटस्थ भूमिका निर्वाह पनि गर्नु भएको हो,’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘तर परिस्थति अब एउटा पक्षमा लाग्नै पर्ने भएकाले उहाँले प्रधानमन्त्रीलाई नै साथ दिने सोच बनाउनु भएको हो ।’
तर, यता अर्का नेता वामदेव गौतम भने अहिले पनि कुनै पक्षमा खुलेका छैनन् । उनले अहिले नै आफु कुनै पनि पक्षमा जनाने बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्