चिनियाँ राजदूत यान्छीले प्रचण्डलाई भेटे
काठमाडौं, ९ पुस । चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन् ।
संसद् विद्धटनपछि उत्पनन्न राजीतिक अवस्थालाई लिएर राजनीतिक रूपमा विभाजित भइसकेको नेकपा नेता लाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी हुन् ।
राजदूत होउ यान्छी र नेता प्रचण्डबिच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको स्र्रोतले जनाएको छ । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो । पाटीमा आन्तरिक विवाद मिलाउन विगतमा पनि राजदुत यान्छीले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्