ओली निकट नेकपाको सातै प्रदेशमा वृहत कार्यकर्ता तथा प्रशिक्षण भेला

काठमाडौं, ८ पुस । ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज सातै प्रदेशमा बुहत कार्यकर्ता भेला गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पार्टी पनि दुइ समुह बनेकाले भावी रणनीति तथा योजनाका बारेमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका हुन् । सोही अनुसार नेकपाले सातै पदैशमा भेला आयोजना गरेको हो ।

पछिल्ला्े उत्पन्न परिस्थितिका बारमो दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत नेकपालले गरेको हो ।
प्रदेश नं. २ अन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला आयोजना गरेको छ । सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिएका छन् । कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिएको नेकपाले जनाएको छ ।

लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले प्रशिक्षण दिएका छन् । त्यस्तै गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिएको नेकपाले जनाएको छ ।

वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिनुहुनेछ । प्रदेश २ मा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका छन् भने रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले प्रशिक्षण दिएका थिए । प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्वाहाङ्फेले प्रशिक्षण दिएका छन् ।

मंगलबार बसेको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । ७८ मंसिरमा महाधिवेशन गर्नकै लागि बैठकले केन्द्रीय कमिटी विस्तार गरेको छ । केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ ।

४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो । अब केन्द्रीय कमिटी १ हजार ३ सदस्यीय भएको छ । रिक्त १ सय ९६ सदस्य पछि थपिने पाटीले जनाएको छ । यसले पार्टीलाई दुर्तगतिमा अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्