आन्दोलनमा उत्रिने कि चुनावमा जाने भन्ने विषयमा काँग्रेस भित्रै विवाद
काठमाडौं , पुस ८ । नेकपा विभाजन भइरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि बैठकमै जुटेको छ । काँग्रेसभित्र संसद विघटनविरुद्ध उत्रिने कि चुनावमा जाने भन्ने विषयमा विवाद बढेको छ।
सभापति शेरबहादुर देउवा चुनावमा जानुपर्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसद विघटनको विरुद्धमा कडा संघर्ष गर्नुपर्ने बताउँदै आएका छन्।
जारी केन्द्रीय समितिको बैठकले निर्वाचन या संसद विघटनविरुद्ध संघर्ष भन्ने निर्णय गर्ने पनि बताइएको छ। यसैबीच संसद् विघटनविरुद्ध धारणा बनाउन कांग्रेसको बैठक सुरु भएको छ । सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
सुरु भएको बैठकमा नेताहरुले संसद विघटन पछि उत्पन्न राजनीतिक अवस्थाबारे धारणा राख्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै संस्थागत धारणा बनाउने योजनामा जुटेको छ ।















प्रतिक्रिया दिनुहोस्