माफी मागेर पार्टीमा फर्किए ओलीलाई स्वागत गर्छौं : नेपाल

काठमाडौँ , पुस ८ । नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माफी मागेर पार्टीमा फर्किए स्वागत गरिने बताएका छन् ।

ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीम स्वागत गरिने उनले बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव आफ्नो पक्षको संसदीय दलको बैठकमा पेस गर्दै उनले यसतो बताएका हुन् ।

साथे ७२ प्रतिशत सदस्य उपस्थित बैठक वैधानिक हुन्छ कि सानो गुट भेला वैधानिक हुन्छ भन्ने प्रश्न पनि उनले गरेका छन् ।उनले मंगलबार आफूहरुको बैठकमा ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दावी गरेका थिए ।  यस्तै उनले राष्ट्रपतिले पनि आफ्नो पदअनुरुपको भूमिका निर्वाह नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्