प्रचण्ड-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता

काठमाडौं, पुस ८ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको संसदीय दलको नेता चुनेको छ।

नयाँ बानेश्वरस्थिति संसद् भवनको एक हलमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् ।

यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए। यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्