नौ सयले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं , पुस ८ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला ९०० ले आज ओरालो लागेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । पछिल्लो समय सुनको मुल्यमा उतारचढाव आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्