कुमारी बैंकका ग्राहकले बनेपा हेल्थ केयरमा २० प्रतिशत सम्मको छुट पाउने

काठमाडौं ,पुस ८ । कुमारी बैंकका ग्राहकले बनेपा हेल्थ केयरमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बनेपास्थित बनेपा हेल्थ केयर प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता–पत्रमा कुमारी बैंक लिमिटेडमा बनेपाकी शाखा प्रबन्धक नवीना वैद्य र बनेपा हेल्थ केयर प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक जितेन्द्र कुमार थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बनेपा हेल्थ केयर हस्पिटलमा औषधिहरुमा १०५ सम्म, ल्याब टेष्टहरु, एक्स रे, फिजियोथेरापी लगायत विभिन्न दन्त उपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १५० एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्