चीनीया राजदुतको राष्ट्रपति भण्डारीसँग भेट
काठमाडौं, ८ पुस । पछिल्लो उत्पन्न राजनीतिक अवस्थालाई लिएर चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।
संसद भंगसँगै राजनीतिक उचढचढाव बढ्दै गउपश्चात यो संकट घडिमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन । तर पछिल्लो समय हरेक राजनीतिक घटनाक्रममा चिनले शिर्षि तहका नेताहरुलाई भेट्दै आएकी छन् ।




प्रतिक्रिया दिनुहोस्