ओलीले प्रवक्ताबाट हटाएका श्रेष्ठ भन्छन् – नेकपाको प्रवक्ता म नै हो
काठमाडौं , पुस ७ । नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता भएको बताएका छन्। पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको बैठकपछि आयोजित ब्रिफिङमा उनले आफू नै नेकपाको प्रवक्ता भएको बताएका हुन्।
मंगलबार बिहान मात्रै बालुवाटारमा बसेको केपी ओली पक्षको बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।
म नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता ओलीले प्रवक्ताबाट हटाएका श्रेष्ठ भन्छन् । यो पार्टीको बैठकले यस सन्दर्भमा मलाई थप उत्साहित पार्ने अगाडि बढ्ने निर्देशन दिएको छ, उनले भने, कुनै तथाकथित गुटको कुनै भेलाको कुनै निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित छैन।
श्रेष्ठले आफू कुनै व्यक्ति र गुटको प्रवक्ता नभएको समेत बताए।















प्रतिक्रिया दिनुहोस्