माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष, ओलीलाई अनुशासनको कारवाही स्वरूप अध्यक्षबाट हटाइएको होः प्रचण्ड
काठमाडौं, पुस ७ । अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।
यसैबीच नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासनको कारवाही स्वरूप अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय भएको बताएका छन् ।
मंगलवार प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।भीम रावलले १३ बुँदे प्रस्ताव पेश गर्दै ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पेश गरेका थिए ।प्रस्ताव पारित भएपछि प्रचण्डले अनुशासनको कारवाही स्वरूप ओलीलाई अध्यक्षबाट हटाइएको बताए ।














प्रतिक्रिया दिनुहोस्