प्रचण्ड–नेपाल समुहः अध्यक्षबाट ओलीलाई हटायो, माधव नेपाल अध्यक्ष
काठमाडौं, पुस ७ । नेकपाको विवाद चर्किपछि बेग्ला बेग्लै केन्द्रिय समितिको बैठक चलेकै दिन प्रचण्ड–नेपाल समुहको केन्द्रिय समिति वैठकले अध्यक्ष पदबाट केपी ओलीलाई हटाएको छ ।
बबरमहलमा जारी वैठकले अध्यक्षबाट ओलीलाई हटाएको निर्णय गरेको हो । नेकपाको अध्यक्ष पुष्पकमल दाहाल(वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको हो । ओलीलाई वर्खास्त गर्दै नेपाललाई एकल अध्यक्षका रुपमा अघि सारिएको छ ।
बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो । बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् ।
उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।
मंगलबार नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो । ओली समूहले साविकको केन्द्रीय कमिटी बैठकलाई विस्तार गरेर ११९९ सदस्यीय बनाएको छ । त्यसलाई महाधिवशेन आयोजक कमिटी भनिएको छ ।















प्रतिक्रिया दिनुहोस्