विघटन भएको सरकार हो, संसद होइन: प्रचण्ड

काठमाडौं , पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभएको दावी गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबि गरेका हुन् । मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा भङ्ग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भङ्ग भएको उनले प्रस्ट पारे ।उनले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै अधिकार संविधानले नदिएको दावीसमेत गरेका छन् ।

‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’

उनले न्यायालयप्रति आफूहरुले भरोसा गरेको र संविधानको मर्मलाई न्यायालयले आत्मसात् गरेर न्याय दिने विश्वास रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्